ad ad

कारोबार


गरीबले पनि बीमा गर्न सक्ने बाटो बनाउनुपर्छ : अध्यक्ष सिलवाल

गरीबले पनि बीमा गर्न सक्ने बाटो बनाउनुपर्छ : अध्यक्ष सिलवाल

नेपालखबर
मंसिर १, २०८० शुक्रबार १८:४६, काठमाडौँ

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरीबले पनि बीमा गर्नसक्ने बाटो बनाउनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना ‘सही प्लान’ सञ्चालनमा ल्याएको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

अध्यक्ष सिलवालले बीमाको बारेमा आम मानिसमा बुझाउनुपर्ने आवश्यकता देखिएको बताए। बीमाको बारेमा स्थानीय तहलाई बुझाउन सके मात्र आम सर्वसाधारणले पनि सहजै बुझ्नसक्ने स्थिति रहेको बताए। 

देशका प्रत्येक परिवार र व्यक्तिलाई कसरी आर्थिक रुपमा सुरक्षित र सहयोग गर्ने भन्नेबारेमा प्राधिकरणले काम गरिरहेको बताए। मुलुकभित्र राष्ट्रिय बीमा नीति, प्रदेश बीमा नीति र स्थानीय तहको बीमा नीति हुनुपर्ने बताए। 

उनले आउने समय बीमाको हिसावमा अझै सुखमय हुने बताउँदै आम सर्वसाधारणलाई किन बीमा गर्ने र बीमा गर्दा के हुन्छ? भन्ने कुराको आवश्यकता बुझाउन जरुरी रहेको बताए।

उनले ७० वर्षको मानिसले प्रिमियम फिर्ता पाउँछ भने ७५ वर्षको मानिसले के गर्ने? भन्नेबारेमा पनि सोच्न जरुरी रहेको बताए।

कम्पनीले ४० हजारमा २५ लाखको कभरेजको नयाँ जीवन बीमा योजना ल्याएको हो। कम्पनीले कम बीमा शुल्क तिरेर ठूलो रकमको बीमा गर्न सकिने गरी उक्त योजना अघि सारेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .