ad ad

कारोबार


वाणिज्य बैंकहरूले गरे साढे ४९ अर्ब ब्याज आम्दानी, कसको कति?

वाणिज्य बैंकहरूले गरे साढे ४९ अर्ब ब्याज आम्दानी, कसको कति?

नेपालखबर
कात्तिक २७, २०८० सोमबार १३:९, काठमाडौँ

वाणिज्य बैंकहरूले चालु आ.व.को पहिलो त्रैमास (असोज मसान्त)सम्म ४९ अर्ब ५६ करोड ब्याज आम्दानी गरेका छन्।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले असोज मसान्तसम्म सो ब्याज आम्दानी गरेका हुन्। 

गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरूले ४९ अर्ब ६२ करोड रुपैयाँ ब्याज आम्दानी गरेका थिए। बैंकहरूको प्रमुख आम्दानीको स्रोत नै ब्याज आम्दानी हो। 

तर, चालु आ.व.को पहिलो त्रैमासमा बैंकहरूको ब्याज आम्दानी पनि घटेको छ।

बैंकहरूले प्रकाशित गरेको चालु आ.व.को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ४ अर्बभन्दा बढी ब्याज आम्दानी हुने ३ वटा बैंक छन्। २ वटा बैंकको ३ अर्बभन्दा बढी छ भने ७ वटा बैंकको २ अर्बभन्दा बढी र ८ वटा बैंकको १ अर्बभन्दा बढी ब्याज आम्दानी छ।

सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको ४ अर्ब ८० करोड १५ लाख ८ हजार रुपैयाँ छ। यस्तै नबिल बैंकको ४ अर्ब १७ करोड ३९ लाख ४६ हजार रुपैयाँ पुगेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब १६ करोड १० लाख ४१ हजार रुपैयाँ पुगेको छ।

कुन बैंकको ब्याज आम्दानी कति ? 
एनएमबि बैंकले असोज मसान्तसम्म २ अर्ब २२ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ५ करोड ब्याज आम्दानी गरेको थियो। गत वर्षको सोही अवधिको तुलनामा यस बैंकको ब्याज आम्दानी बढेको छ।

सिद्धार्थ बैंकले असोज मसान्तसम्म १ अर्ब ९६ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा यस बैंकको यस्तो आम्दानी २ अर्ब १२ करोड रहेको थियो। गत वर्षको सोही अवधिको तुलनामा बैंकको ब्याज आम्दानी घटेको छ। 

कुमारी बैंकले असोज मसान्तसम्म ३ अर्ब ४ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब १२ करोड रहेको थियो। 

माछापुच्छ्रे बैंकले असोज मसान्तसम्म १ अर्ब ४ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ४७ करोड रहेको थियो।

एभरेष्ट बैंकले असोज मसान्तसम्म १ अर्ब ९ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ८ करोड रहेको थियो।

नेपाल एसबीआई बैंकले असोज मसान्तसम्म १ अर्ब ३८ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब २९ करोड रहेको थियो।

हिमालयन बैंकले असोज मसान्तसम्म ३ अर्ब १७ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ८० करोड रहेको थियो।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले असोज मसान्तसम्म १ अर्ब ३८ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ४१ करोड रहेको थियो।

नबिल बैंकले असोज मसान्तसम्म ४ अर्ब १७ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकको यस्तो आम्दानी ३ अर्ब ६७ करोड रहेको थियो।

सिटिजन बैंकले असोज मसान्तसम्म १ अर्ब ४४ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ४५ करोड रहेको थियो।

प्राइम कमर्सियल बैंकले असोज मसान्ससम्म १ अर्ब ९९ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ८८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो। 

कृषि विकास बैंकले असोज मसान्ससम्म २ अर्ब ६ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ८३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो। 

सानिमा बैंकले असोज मसान्सम्म १ अर्ब ५२ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ६० करोड ब्याज आम्दानी गरेको थियो। 

नेपाल बैंकले असोज मसान्सम्म २ अर्ब २१ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ९० करोड ब्याज आम्दानी गरेको थियो। 

ग्लोबल आईएमई बैंकले असोज मसान्सम्म ४ अर्ब ८० करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ३ अर्ब २० करोड ब्याज आम्दानी गरेको थियो। 

एनआईसी एसिया बैंकले असोज मसान्सम्म २ अर्ब ७४ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ३ अर्ब ३३ करोड ब्याज आम्दानी गरेको थियो। 

प्रभु बैंकले असोज मसान्तसम्म २ अर्ब ५४ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ९७ करोड ब्याज आम्दानी गरेको थियो। 

नेपाल इन्भेष्टमेन्ट बैंकले असोज मसान्सम्म ४ अर्ब १६ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब १२ करोड ब्याज आम्दानी गरेको थियो। 

लक्ष्मी सनराइज बैंकले असोज मसान्सम्म २ अर्ब ८६ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड ब्याज आम्दानी गरेको थियो। 

राष्ट्रिय वाणिज्य बैंकले असोज मसान्सम्म २ अर्ब ५२ करोड ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ३ अर्ब १८ करोड ब्याज आम्दानी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .