सलमान खान स्टारर बलिउड फिल्म ‘टाइगर ३’ ले घरेलु बक्सअफिसमा आक्रामक ओपनिङ गरेको छ। यस फिल्मले पहिलो दिन भारतभर ४४ करोड ५० लाख भारतीय रुपैयाँको व्यापार गरेको हो।
जुन कलेक्सन लक्ष्मीपूजाका दिन रिलिज भएका फिल्ममध्ये बढी हो। साथै विश्वभर पनि उक्त फिल्मले राम्रो कलेक्सन गरिरहेको छ।
लक्ष्मीपूजाका दिन धेरै कमाउने फिल्म बने पनि ‘टाइगर ३’ ले शाहरुखको फिल्मको रेकर्ड भने तोड्न सकेन।
यसै वर्ष रिलिज भएका शाहरुख अभिनित ‘पठान’ले ५७ करोड र ‘जवान’ले ७५ करोड भारुको ओपनिङ गरेको थियो। जवान अहिलेसम्मै उच्च ओपनिङ गर्ने हिन्दी फिल्म पनि हो।
‘टाइगर ३’ मा सलमानसहित कट्रिना कैफ, इमरान हासमी, ऋतिक रोशन, शाहरुख खानलगायतले अभिनय गरेका छन्। मनीष शर्मा निर्देशित यो फिल्म हिन्दीसहित तमिल र तेलुगु भाषामा समेत रिलिज भएको थियो।
यो फिल्म ‘एक था टाइगर’ को सिरिज हो। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ मा पनि सलमान नै मुख्य भूमिकामा छन्।
Shares

प्रतिक्रिया