सेयरबजार झिनो अंकले बढेको छ। आज बजार ५.१७ अंकले बढेको १८६३.९४ विन्दुमा पुगेको हो।
झिनो अंकले बढेको बजारमा कारोबार खुम्चिएको छ। आज ७७ करोड २७ लाखको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा ८९ करोडको कारोबार भएको थियो।
आज कारोबारमा आएकामध्य १११ कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ कम्पनीको घटेको छ। त्यसैगरी २० कम्पनीको सेयरमूल्य स्थिर नै छ।
ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.०७ प्रतिशतले बढेको छ। सोनामपुर मिनिरल एण्ड आयल कम्पनीको सर्वाधिक ५ करोड ६१ लाखको कारोबार भएको छ।
कर्पोरेट डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ६.३८ प्रतिशतले घटेको छ।
27
Shares
प्रतिक्रिया