ad ad

कारोबार


साल्ट ट्रेडिङले दियो भाटभटेनीलाई एक ट्रक चिनी, अन्य व्यापारीलाई माग अनुसार

साल्ट ट्रेडिङले दियो भाटभटेनीलाई एक ट्रक चिनी, अन्य व्यापारीलाई माग अनुसार

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १६:५६, काठमाडौँ

सरकारको समेत लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी वितरण गरेर बजारलाई सहजीकरण गरिरहेको छ। पछिल्लो समेत भाटभटेनीलाई एक पटकमा एक ट्रक सम्म चिनी दिएकोमा अन्य व्यापारीलाईसमेत माग अनुसार वितरण गर्न थालिएको बताइएको छ।

साल्ट ट्रेडिङका सहायक प्रबन्धक प्रज्ज्वलमान प्रधानले नेपालखबरसँगको कुराकानीमा भने कसलाई कति दिने भन्दा पनि माग अनुसारको वितरण भइरहेको बताए। 

उनले भने, ‘कागजात पुर्‍याएर माग भए अनुसार वितरण भइरहेको छ।’

बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरूसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङमार्फत किन्ने प्रबन्ध गरेको थियो।

उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङले आफ्ना आउटलेट, खुद्रा विक्रेता संघ अन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरेपनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारीले समेत दश बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने भएका छन्।

साल्ट ट्रेडिङबाट चिनी पाउन व्यवसायीले व्यवसाय दर्ताको प्रमाणपत्र र पान बुझाउनुपर्नेछ।

यो चिनी प्रतिकिलो ११५ रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन्। व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .