ad ad

कला


‘दिमाग खराब’ कसरी हुन्छ? कात्तिक २४ बाट पाइनेछ उत्तर

‘दिमाग खराब’ कसरी हुन्छ? कात्तिक २४ बाट पाइनेछ उत्तर

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १३:२९, काठमाडौँ

चलचित्र दिमाग खराब २४ कात्तिकबाट देशभर प्रदर्शन हुँदैछ।

प्रदर्शनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा निर्माण टिमले चलचित्र उत्कृष्ट बनेको बताएको छ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका लेखक आकाश बरालले कथावस्तु राम्रो रहेको र त्यसमा निर्देशक निश्चल बस्नेतले झनै आफ्नो कला थपेर युनिक चलचित्र बनाएको बताए।

दर्शकले चलचित्रका विषयवस्तु युनिक पाउने लेखक बरालको दाबी छ।

‘यसमा दिमाग खराब भनेको निश्चल दाइको आफ्नो प्रस्तुति हो। जो उहाँले सिनेमामा दिनुभएको छ। विदेश जाने कुरा होस् वा अरु होस् फिल्म युनिक छ। युनिक रूपमा फिल्मलाई प्रस्तुत गरिएको छ। फिल्मका विषयवस्तु युनिक पाउनु हुनेछ,’ बराल भन्छन्।

त्यस्तै अभिनेता एवं निर्देशक निश्चल बस्नेतले फिल्मको कथा तयार पार्न मात्रै करिब एक वर्षको समय लागेको बताए।

चलचित्र यत्तिको बन्छ भन्ने नलागेसम्म  फिल्मको स्क्रिप्ट नै तयार पारिरहेको उनी बताउँछन्। चलचित्रको कथा रोमाञ्चक रहेको उनको दाबी छ।

स्क्रिप्ट चित्तबुझ्दो नबन्दासम्म सोच्नलाई कहिल्यै नहिच्किचाएको बस्नेतको कथन छ।

पत्रकार सम्मेलनमा अभिनेता एवं निर्देशक खगेन्द्र लामिछानेले आफू मुख्य भूमिकामा रहेर करिब पाँच वर्षको अन्तरालमा चलचित्र आउँदा खुसी लागेको बताए।

उनी सिनेमाको कथावस्तु राम्रो रहेको बताउँछन्।

‘यो फिल्म मेरो लामो समयपछिको ग्यापमा आएको हो। बीचमा आफैँ निर्देशक भएर काम गरेँ। समय नै त्यस्तै थियो,’ लामिछाने भन्छन्, ‘सन् २०१८ पछि लिड रोल गरेको यो फिल्म नै हो। सिनेमामा धेरै आनन्दले काम गरियो। कथा राम्रो छ। सिनेमा राम्रो छ भन्ने निश्चल भएपछि ढुक्क हुन्छु।’

लामिछाने थप्छन्, ‘निश्चिललाई कस्तो सिनेमा बन्यो भनेर सोध्दा उसको अनुहार उज्यालो हुन्छ। त्यसैले पनि सिनेमा राम्रो छ।’

चलचित्रले राम्रो शो पाउनेमा आशावादी रहेको लामिछाने बताउँछन्।

चलचित्र कात्तिक २४ बाट प्रदर्शन हुँदैछ। आम मानिस र नेताबीचको लडाइँको कथा भनिएको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ।

आकाश बरालको लेखन र सुशन प्रजापतिको छायांकन रहेको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .