भारतीय आयल कर्पोरेशनबाट पेट्रोल र ग्यासको मूल्य बढेर आए पनि नेपाली बजारमा भने यथावत राखिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालको निर्देशनपछि निगमले पेट्रोल र ग्यासको मूल्य यथावत राखेको हो।
नेपाल आयल निगमका अनुसार पेट्रोलमा १.५१ र एलपी ग्यासमा ९३.६० ले वृद्धि भएर आएको थियो। यद्यपि उपभोक्ताको हितलाई मध्यनजर गर्दै अहिलेलाई यथावत राख्ने निर्णय भएको निगमले जनाएको छ।
पेट्रोल र एलपी ग्यासमा बढेर आएको नयाँ मूल्य नबढाई यथावत राख्न नेपाल आयल निगमलाई मन्त्री रिजालले निर्देशन दिएका हुन्।
भारतीय आयल कर्पोरेशनबाट आएको नयाँ खरिद मूल्य अनुसार डिजेलमा ३ रुपैयाँ ६३ पैसा घटेको र ग्यासमा प्रति सिलिन्डर ९३ रुपैयाँ ६० पैसा तथा पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ५१ पैसा बढेर आएको थियो।
उपोभोक्तालाई मूल्य वृद्धिको भार बढिरहेको भन्दै मन्त्री रिजालले ग्यास र पेट्रोलमा बढेर आएको मूल्य नबढाई यथावत राख्न र डिजेलमा घटेर आएको मूल्य घटाउन निगमलाई निर्देशन दिएका हुन्।
Shares
प्रतिक्रिया