ad ad

कारोबार


ओलीलाई रविको प्रश्न– राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईंकै नेतालाई भोट दिनुपर्ने?

ओलीलाई रविको प्रश्न– राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईंकै नेतालाई भोट दिनुपर्ने?

नेपालखबर
असोज ३०, २०८० मंगलबार १४:५९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताको चेतनालाई चुनौती नदिन आग्रह गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नीति, विचार नभएको नयाँ दललाई भोट दिन जनता पनि कस्ता भन्ने अभिव्यक्तिप्रति उनले टिप्पणी गरे। सोमबार नेकपा एमालेको पार्टी केन्द्रिय काार्यलय च्यासलमा अध्यक्ष ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरुलाई भोट दिने जनता पनि कस्ता? भन्ने अभिव्यक्ति दिएका थिए। 

सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पु¥याउँदा अझै पनि तपाईंकै दललाई भोट हालिरहने? तपाईकै नेतालाई भोट हालिरहने? ती भोटर चाहीँ कस्ता? भन्ने प्रश्न गरे।

‘अहिले कस्ता पनि टिप्पणी सुनिन्छन् भने जनता पनि कस्ता? यो नयाँ दलको नीति, विचार केही पनि छैन। सिद्धान्त केही पनि छैन, भर्खरै आएको छ। तिनलाई भोट हाल्ने जनता पनि कस्ता भन्ने गरेर जनताको चेतनालाई चुनौति दिएको मैले यदाकदा सुन्ने गरेको छु,’ उनले भने, ‘हामीलाई माया गर्ने सद्भाव गर्ने, जनता कस्ता होइनन्, आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पु¥याउँदा अझै पनि तपाईकै दललाई भोट हालिरहने? तपाईंकै नेतालाई भोट हालिरहने? ती भोटर चाहीँ कस्ता? यो प्रश्न मैले गर्न चाहन्छु।’

सभापति लामिछानेले जनताले परिवर्तन चाहँदा चाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको बताए।

‘आम जनताले एउटा आशा र अपेक्षासहित नयाँ मानिसलाई हेरौँ न भनेर हामीलाई ह्वारह्वार्ति भोट दिएको पनि होइन। उपनिर्वाचनबाट २१ सिट पु¥याएका त हौँ नि। जनताको चेतनालाई चुनौति दिने हाम्रो हैसियत पनि छैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .