चालू आर्थिक वर्षको दुई महिनाको अवधीमा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा रहेको छ। राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष घाटामा थियो। तर यो वर्ष भने बचतमा देखिएको हो।
अघिल्लो वर्षको यही अवधीमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति ४० करोड ५६ लाखले बचतमा रहेको छ।
यो तथ्याङ्क चालू आर्थिक वर्षको साउन र भादौ महिनाको आंकडालाई तुलना गरिएको हो।
चालु खाता २३ अर्ब ५० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधीमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता दुई महिना अवधीमा १७ करोड ७७ लाखले बचतमा रहेको छ।
Shares
प्रतिक्रिया