कारोबार


‘नेटा भी’को एक्स्चेन्ज क्याम्प असोज २८ सम्म

‘नेटा भी’को एक्स्चेन्ज क्याम्प असोज २८ सम्म

नेपालखबर
असोज २५, २०८० बिहिबार १७:१७, काठमाडौँ

सीजी मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुकहरूका लागि काठमाडौंको विशालनगरस्थित शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना गरिरहेको छ।

प्योर इभी प्लाटफर्ममा बनेको नेटा भीको अपत्यारिलो ३८० किमीको रेन्ज तथा प्रिमियम इन्टिरियरको कारणले गर्दा नेटा भी इभी प्रेमीहरुको पहिलो रोजाईमा परिरहेको बेला आसन्न चाड दसैँलाई लक्षित गरी सीजी मोटर्सले एक्स्चेन्ज क्याम्पको आयोजना गरेको जनाएको छ।

असोज २४ गतेदेखि सुरु भएको एक्स्चेन्ज क्याम्प २८ गतेसम्म रहनेछ।

एक्स्चेन्ज क्याम्पमा आकर्षक बोनससहित पुरानो गाडीको राम्रो भ्यालुएसन, एक वर्षको बीमा, सडक दस्तुर तथा डिक्की फुल अफर समेत दिइरहेको कम्पनीले जनाएको छ। साथै हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार पनि रहेको छ।

सेग्मेन्टमा सबैभन्दा ठूलो ३३५ लिटरको डिक्की भएको नेटा भीले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, १४०० वाटको प्रेशर वाशर, भ्याकुम कप, भ्याकुम फ्लास्क, ६.६ किलोवाटको चार्जर तथा टायर सेट समेत सित्तैमा दिइरहेको कुरा कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

३८० किमी रेन्ज, ०.५ रुपैयाँ प्रतिकिलोमिटर खर्च, १० वर्ष अथवा २ लाख कि.मी. ब्याट्री र मोटरमा वारेण्टी, ६३ प्रतिशत हाइटेन्साइल स्टिल प्रयोग भएको कारणले पनि नेटा भी ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ।

कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार एक्स्चेन्जका लागि ०१–५९७०१७४, ९८०१४६२८२५, ९८०१०१०२६७ अथवा ९८०२३४१८२० मा इच्छुकहरुले सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad