ad ad

कोशी


४७ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा केदार कार्कीको दाबी, एमालेको समर्थन

४७ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा केदार कार्कीको दाबी, एमालेको समर्थन

नेपालखबर
असोज २५, २०८० बिहिबार १७:३३, काठमाडौँ

नेपाली कांग्रेस कोशी प्रदेशसभा सदस्य केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री दाबी गरेका छन्। 

कार्कीले नेकपा एमालेका ३९ र उनकै दलको ८ जनाको सांसदको समर्थन लिएर मुख्यमन्त्री दाबी पेस गरेका हुन्।

अहिले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बहुमत दाबी पेस गरेको उनले नेपालखबरलाई बताए।

‘अहिले म बहुमत ४७ सांसदको समर्थन लिएर उपधारा ५ अनुसार मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखकोमा पुगेको छु,’ कार्कीले नेपालखबरसँग भने, ‘यसमा एमाले र कांग्रेसकै सांसदको समर्थन छ। तर, दल भनेका छैनौं यो उपधारा ५ लाई सदुपयोग गरेका छौँ।’

उनका अनुसार एमालेका ३९ जना र कांग्रेसबाट ८ जनाको मात्र हस्ताक्षर गरेका छन्।

उनी शेखर कोइराला पक्षका नेता हुन्। 

कोशीमा कोइराला पक्षका १० सांसद भएपनि तीनजनाले भने कार्कीको पक्षमा हस्ताक्षर गरेका छैनन्।

आजै मात्र काठमाडौंमा बसेको सत्तारुढ गठबन्धनको बैठकले माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो।

तर, त्यसप्रति असन्तुष्ट कार्कीले एमालेको समर्थन लिएर मुख्यमन्त्री दाबी गरेका हुन्। उनले आफूले पहिला मुख्यमन्त्रीमा बहुमत पुर्‍याएको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .