ad ad

कारोबार


टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी

नेपालखबर
असोज १७, २०८० बुधबार १९:१५, काठमाडौँ

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्।

शुशील पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन्। उक्त पदमा सरकारले पहाडीलाई निमित्त जिम्मेवारी दिने निर्णय गरेको हो।

पहाडी पौडेलसँग पनि प्रबन्ध निर्देशकको लागि प्रतिस्पर्धामा थिइन्।

उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन्।

पहाडी ३० वर्षदेखि यो सेवामा छिन्। उनले एसियन इन्सटिच्युट अफ टेक्नोलोजिबाट टेलिकम्युनिकेसनमा थाइल्याण्डबाट स्नातकोत्तर गरेकी छन्।

यसअघि दुई पटक खुल्ला प्रतिस्पर्धाबाट सूचीमा परेकी थिइन्। तेस्रो पटकमा उनलाई सरकारले नियुक्त गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .