ad ad

कारोबार


क्रोम्पटनको चाडपर्व अफर : ‘यस दसैँ तिहार उपहारै उपहारको बहार’

क्रोम्पटनको चाडपर्व अफर : ‘यस दसैँ तिहार उपहारै उपहारको बहार’

नेपालखबर
असोज १७, २०८० बुधबार १५:१२, काठमाडौँ

भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रोम्पटनले यसपालिको दसैँ तथा तिहार लक्षित गर्दै क्रोम्पटनको ‘यस दसैँ तिहार उपहारै उपहारको बहार’ नामक योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत ग्राहकहरुले क्रोम्पटनका बिभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकहरुले यो योजनाको लाभ भाद्र २८ गतेदेखि सिमित अवधिका लागि नेपाल अधिराज्य भरि रहेका सिजिका विक्रेताकहाँ गइ उठाउन सक्नेछन्।

यस योजनाको अवधिभरि हरेक शाता एक ग्राहकलाई मिक्सर ग्राइनडर वा इन्डक्शन कुकटप उपहार तथा एक भाग्यशाली ग्राहकलाई मिडिया को साईड बाई साईड रेफ्रीजिरेटर बम्पर उपहार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ।

साथै, पुराना भएका सामग्री फेरबदल गरि नयाँ सामान लान चाहाने ग्राहकका लागि समेत कम्पनीले यस योजनाको दौरान एक्सचेन्ज अफरको सुविधा समेत ल्याएको छ।

यति मात्र नभई, चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले ‘सीजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्राम अन्तर्गत आकर्षक छुट तथा उपहारहरु प्राप्त गर्न सक्नेछन्।

नेपाल अधिराज्यभर क्रोम्पटनको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इम्पेक्स रहेको छ।

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .