हङकङको सरकारी मुख्यालयमा सुरक्षा गार्डलाई चक्कु प्रहार भएको छ।
आक्रमणको आरोपमा १७ वर्षीय किशोर पक्राउ परेका छन्।
बुधबार बिहान करिब साढे दश बजे तिममेइ एभिन्यु फ्रुटब्रिज नजिकैको गार्ड पोस्टमा दुई सुरक्षा गार्डलाई चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ।
आक्रमणबाट एक जना गार्डको हात र अर्कोको खुट्टामा चोट लागेको छ।
आक्रमणको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
99
Shares
प्रतिक्रिया