कारोबार


फर्निचर एक्स्पोको तयारी पूरा, बुधबार उद्घाटन हुने

फर्निचर एक्स्पोको तयारी पूरा, बुधबार उद्घाटन हुने

नेपालखबर
असोज ९, २०८० मंगलबार १८:६, काठमाडौँ

राजधानीको भृकुटीमण्डपमा आयोजना हुने नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को सबै तयारी पुरा भएको छ।

‘के हामी आत्मनिर्भर छौं?’ भन्ने थिममा आयोजना हुन लागेको एक्स्पोको सबै तयारी परा भएको फर्नेक्स नेपाल २०२३ का प्रवक्ता एवम् नेपाल फर्निचर तथा फर्निसिङ संघ  (एनएफएफए) का महासचिव सञ्जय लामाले जानकारी दिए। 

प्रवक्ता लामाका अनुसार अनुसार एक्स्पोको उद्योग वाणिज्य तथा अपुर्तीमन्त्री रमेश रिजालले असोज १० गते बुधबार १ बजे उद्घाटन गर्नेछन्। 

नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) को आयोजनामा सुरु हुन लागेको एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ। 

त्यसैगरी प्रेष्टिज कार्पेट एशोसिएट पार्टनर रहेको एक्स्पोको पावर्ड वाईमा फर्निचर हब प्रालि रहेको छ। 

नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्नचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रीज, सरावगी ओभरसीज र यती पोलिकेम रहेका छन्। 

इभेन्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङसे, भिवोन चियर र वेबट्युन रहेका छन्।

असोज १० देखि १४ गतेसम्म तदनुसार सेप्टेम्बर २७ देखि अक्टूबर १ सम्म ५ दिन चल्ने एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहने एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ।

एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने एशोसिएशनका महासचिव सञ्जय लामाले बताए। 

‘ग्राहकहरुलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीद्धारा उत्पादित विभिन्न सामाग्रीहरु उपलब्ध गराउन यो एक्स्पो महत्वपुर्ण हुने विश्वास लिएका छौं,’ महासचिव लामाले भने, ‘फर्निचर र फर्निसिङ सामग्री उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरुलाई साझा प्लेटफर्म प्रदान गर्ने भएकाले उद्योगी तथा व्यवसायीका लागि एक्स्पो साझा प्लेटफर्म बन्ने विश्वास छ।’

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्धेश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए। 

‘आर्थिक गतिविधिहरु सुस्त भइरहेका बेला एक्स्पोले बजारमा आर्थिक कृयाकलाप चलायमान बनाउन सघाउने विश्वास लिएका छौं,’ अध्यक्ष अग्रवालले भने, ‘हाम्रो अभियानमा हातेमालो गर्नका लागि आम नागरिक तथा सम्वद्ध पक्षसँग अनुरोध गर्दछौं।’

प्रवेश निशुल्क गरिएको एक्स्पोमा सहभागि हुने व्यवसायीहरुले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन्।

सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसँग भेटवार्ता गर्ने अवसर पाउने छन्। 

नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य छ। 

फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवद्र्धनको अवर पाउने अपेक्षा पनि आयोजकको छ। एक्स्पो स्थलमा सामान खरिद गर्न खुल्ला बजार पनि सञ्चालन हुनेछ।

५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डहरुको सहभागिता रहनेछ। 

अवलोकनकर्तालाई आकर्षक गिफ्ट भौचर उपलब्ध गराउनुका साथै घर तथा कार्यालय सजावटका लागि विज्ञबाट सुझाव पनि उपलब्ध हुनेछ भने एक्स्पोस्थलमा नै वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुनेछ। 

फर्निचर तथा फर्निसिङ क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि सन् २०१२ देखि फर्नेक्स् नेपालको आयोजना हुँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad