माघ १७ देखि २० गतेसम्म ललितपुरको पाटन संग्रहालयमा चौथो प्राङ्गारिक कृषि मेला २०७६ आयोजना हुने भएको छ। अर्गानिक एसोसिएसन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा मेला आयोजना गर्न लागिएको हो।
अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न मेलाले सहयोग पु¥याउने विश्वास आयोजकको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले मेलामा कृषि उपजहरु तथा कृषि तथा वाणिज्य, व्यापारसम्बन्धी प्रोजेक्टहरुका विषयमा जानकारी लिन सकिने बताए। उनले मेलामा ५० भन्दा बढी स्टलहरु रहने र एक करोड रुपैयाँबराबरको कारोबार हुने लक्ष्य राखिएको बताए।
मेलाले उत्पादक र उपभोक्ता बीचको मूल्य अन्तरलाई कम गर्दै उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक वस्तुहरु उपलब्ध गराउने उद्देश्य राखेको छ। मेलाको उद्घाटन कुषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले गर्ने संयोजक कोइरालाले बताए।

प्रतिक्रिया