कारोबार


‘माइडियाको उत्सव र उमङ्ग, उपहारसँग सबै दङ्ग’

‘माइडियाको उत्सव र उमङ्ग, उपहारसँग सबै दङ्ग’

नेपालखबर
असोज ५, २०८० शुक्रबार १७:४४, काठमाडौँ

नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीहरूका लागि आधिकारिक वितरक चौधरी ग्रुपले यसपालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।

माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ्ग मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धी हेरचाह र लाईटिङ्गमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ।

नेपालमा घरायसी सामग्रीहरूका बजारमा ग्राहकले रुचाएको माइडिया ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै ‘माइडियाको उत्सव र उमङ्ग, उपहारसँग सबै दङ्ग’ भन्ने नारासहित जारी गरेको छ।

यस अफर अन्तर्गत माइडियाको ६, ७  र ८ केजी १०० सिरिजका वासिङ मेसिनको खरिदमा ६ केजी एरिअल प्याक, ८ केजी भन्दामाथिका २०० सिरिजका वासिङ मेसिनको खरिदमा माइडियाको इन्डकसन कुकटप (१६०० वाट), डबल डोर रेफ्रीजिरेटरको खरिदमा आइरन, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप (२००० वाट) साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ्ग किट उपहार रहेको छ।

यो ग्राहक योजना भदौ २८ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ।

माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसाय भित्रका १० भन्दा बढी ब्राण्डहरु मध्ये एक हो। माइडिया गु्रप एक अग्रणी विश्वव्यापी उच्च–प्रविधि कम्पनी हो, जुन २०२१ को ग्लोबल फर्च्यून ५०० मा २८८ स्थानमा रहन सफल भयो।

माइडिया ग्रुपको व्यापार घरेलु उपकरणहरूभन्दा बाहिर छ जसमध्ये एचभीएसी, रोबोटिक्स र अटोमेसन, स्मार्ट होम र आईओटी, साथै स्मार्ट लजिस्टिक र कम्पोनेन्टहरू जस्ता व्यापार स्तम्भहरू पनि समावेश गर्दछ। माइडिया ग्रुपका सबै व्यवसायहरुको एउटै क्रेडो ह्यास ह्युमानिजाइनिङ टेक्नोलोजीको लागि प्रयासरत छ।

नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .