ad ad

कारोबार


साल्ट ट्रेडिङ ६१ वर्षमा प्रवेश, अब सेवा क्षेत्र विस्तार गर्ने

साल्ट ट्रेडिङ ६१ वर्षमा प्रवेश, अब सेवा क्षेत्र विस्तार गर्ने

नेपालखबर
भदौ २७, २०८० बुधबार १५:३५, काठमाडौँ

साल्ट ट्रेडिङ कर्पोरेसनले लिमिटेडले बुधवार स्थापनाको ६१ औं वार्षिकोत्सव मनाएको छ। स्थापना दिवसमा विशेष समारोह आयोजना गरेको कर्पोरेसनले कारोबार र सेवा क्षेत्र बिस्तार गर्ने जानकारी गराएको हो।

कर्पोरेसनले जनतालाई दैनिक उपभोग्य वस्तुहरु उपलब्ध गराउने लक्ष्य लिएर स्थापना भएको ६० वर्ष पूरा गरेको छ। कर्पोरेसनले उद्देश्य अनुसार जनतालाई शुपथ र सहज रुपमा गुणस्तरीय उपभोग्य वस्तुहरु उपलब्धतालाई निरन्तरता दिइरहेको प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन्। उनले कर्पोरेसन अब कारोबार र सेवा बिस्तार गर्नमा प्रयत्नशील रहेको समेत जानकारी दिइन्।

कर्पोरेसन अफ्ठ्यारो परिस्थितिमा पनि आम उपभोगक्ताहरुलाई सहज रुपमा व्यापार विविधिकरणसहित सक्रिय बनाउने प्रतिवद्धता जनाइन्। उनले कर्पोरेसनले कृषि क्षेत्रको विकासमा समेत योगदान पुर्याउने उद्देश्यले अनुदानित मलमा मात्रै सिमित नभई गैर अनुदानित मल पनि आयात गरी बिक्री वितरण गरिरहेको बताइन्।

उनले उपभोक्ताहरुलाई गुणस्तरिय तेल उपलब्ध गराउन हेटौँडाको नेपाल वनस्पति घ्यु उद्योगबाट तोरीको तेल उत्पादन प्रारम्भ गरी उपभोक्ता समक्ष पुर्याइरहेको बताइन्।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोग्य वस्तु मात्रै नभएर कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान गर्न आवश्यक रहेको बताए। उनले सरकारको आवश्यकताअनुसार निर्देशन पालना गरी उपभोग्य वस्तुहरुको उपलब्धतामा देखाएको सक्रियता सकारात्मक रहेका बताए।

उनले नुन जस्तो अत्यावश्यक दैनिक उपभोग्य वस्तुलाई सुपथ मूल्यमा सर्वसाधरणमा सहज रुपमा पुर्याउनु प्रशंसा योग्य काम गरिरहेका बताए।

उनले कृतिम मूल्य वृद्धि नियन्त्रणमा सकारात्मक भूमिका कर्पोरेसनको रहेको भन्दै जनतालाई सुपथ मूल्यमा गुणस्तरिय उपभोग्य वस्तु उपलब्ध गराउने काम गरेको बताए।

वार्षिक उत्सावमा कर्पोरेसनले विभिन्न मानबाट कर्मचारीहरुलाई पुरस्कार, २० वर्ष पुरा गरेका कर्मचारीहरुलाई सम्मान तथा कर्मचारीका उत्कृष्ठ छोराछोरीलाई छात्रवृत्ति समेत प्रदान गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .