कारोबार


उद्योग मन्त्रालयका ५ जना सहसचिवको जिम्मेवारी हेरफेर

उद्योग मन्त्रालयका ५ जना सहसचिवको जिम्मेवारी हेरफेर

नेपालखबर
भदौ २६, २०८० मंगलबार २०:१६, काठमाडौँ

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ५ जना सहसचिवको जिम्मेवारी हेरफेर भएको छ। मन्त्रालय अन्तर्गतको विभाग र मन्त्रालयभित्रको महाशाखाको जिम्मेबारी हेरफेर भएको हो। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालय तानेको छ। विभागको महानिर्देशको जिम्मेवारी तीर्थ चिलुवाललाई दिइएको छ भने ठकुरलाई मन्त्रालय तानेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण महाशाखाको जिम्मेवारी दिइएको हो। 

त्यस्तै योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारीमा रहेका जीवलाल भुसाललाई औधोगिक तथा लगानी प्रवद्र्धन महाशाखाको जिम्मेवारी दिइएको छ।

औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाका सहसचिव यज्ञराज कोइरालालाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ। 

प्रशासनमा रहेका लिलाप्रसाद शर्मालाई बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखाको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखामा रहेका सहसचिव गोविन्दबहादुर कार्कीलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी दिइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad