समाज


भारतको केरलामा निपाह भाइरसको संक्रमणले दुईजनाको मृत्यु, कसरी सर्छ यो?

भारतको केरलामा निपाह भाइरसको संक्रमणले दुईजनाको मृत्यु, कसरी सर्छ यो?

नेपालखबर
भदौ २६, २०८० मंगलबार २०:२४, काठमाडौँ

भारतको केरलामा निपाह भाइरसका कारण दुई जनाको मृत्यु भएको छ। 

समाचार एजेन्सी पीटीआईका अनुसार केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले यसबारे जानकारी दिएका छन्।

मण्डावियाले भने- केरलाको कोझिकोडमा निपाह भाइरसका कारण दुई जनाको मृत्यु भएको पुष्टि भएको छ।

यसअघि निपाह भाइरसको नमूना पुणेको नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीमा पठाइएको थियो।

केरला सरकारले मंगलबार एक नियन्त्रण कक्ष पनि स्थापना गरेको छ र मानिसहरूलाई मास्क लगाउन भनेको छ।

निपाह भाइरसको खतरालाई ध्यानमा राख्दै केरला सरकारले कोझिकोडमा अलर्ट जारी गरेको छ।

निपाह भाइरसको संक्रमणको प्रारम्भिक चरणमा सास फेर्न समस्या हुन्छ भने आधा बिरामीमा न्यूरोलोजिकल समस्या पनि हुन्छ।

केरलामा मे २०१८ मा निपाह भाइरस संक्रमण पहिलो पटक पुष्टि भएको थियो। त्यसबेला १७ जनाको ज्यान गएको थियो।

कसरी सर्छ निपाह भाइरस?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपाह भाइरस (एनआईभी) द्रुत गतिमा फैलिने भाइरस हो, जसले जनावर र मानिसमा गम्भीर रोग निम्त्याउँछ।

एनआईभी पहिलो पटक सन् १९९८ मा मलेसियाको कम्पुङ सुङ्गाई निपाहमा पत्ता लागेको थियो।

त्यहीँबाट यो भाइरसको नामकरण भएको हो। त्यस समयमा सुँगुर यस रोगको वाहक बनेका थिए। सन् २००४ मा बंगलादेशमा केही मानिस यो भाइरसको सिकार भए।

यी मानिसहरूले खजुरको रूखबाट निस्कने तरल पदार्थको स्वाद लिएका थिए र यो तरलमा भाइरस चमेरोले पुर्‍याएको थियो, जसलाई फ्रुट ब्याट भनिन्छ।

सामान्यतया, यो भाइरस संक्रमित चमेरा, सुँगुर वा संक्रमणको जोखिममा रहेका मानिसबाट अर्काे मानिसमा फैलिन्छ।

मलेसिया र सिङ्गापुरमा यो सुंगुरबाट सर्ने रिपोर्ट आएको थियो भने भारत र बंगलादेशमा मानव-मानवको सम्पर्कले यसको संक्रमण हुने जोखिम बढी हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad