कारोबार


इन्भेष्टमेन्ट बैंक र चिरायु अस्पतालबीच सेवासुविधामा छुट दिने सम्झौता

इन्भेष्टमेन्ट बैंक र चिरायु अस्पतालबीच सेवासुविधामा छुट दिने सम्झौता

नेपालखबर
माघ १०, २०७६ शुक्रबार ६:५०,

नेपाल इन्भेस्टमेन्ट बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटबीच बैंकका वैध कार्डवाहकहरू, कर्मचारी तथा सेयरधनीहरूलाई स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्रदान गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र अस्पतालका सञ्चालन निर्देशक चन्डेश्वर नन्दराज वैद्यले दुवै संस्थाका कर्मचारीहरूको उपस्थितिका बीच हस्ताक्षर गरेका हुन्।

अब बैंकका सबै कर्मचारीहरू, खाताधनीहरू र नेपाल इन्भेस्टमेन्ट बैंकका सेयरधनीहरूले चिरायु अस्पतालमा बेड शुल्क, अस्पतालभित्र गरिने परीक्षण, प्रक्रियागत शुल्क, शल्यक्रिया शुल्क र फार्मेसीमा छुट प्राप्त गर्नसक्ने छन् ।

चिरायु नेसनल अस्पताल तथा मेडिकल इन्स्टिच्युट (सीएनएचएमआई) काठमाडौंमा रहेका निजी क्षेत्रका प्रमुख अस्पतालहरूमध्ये एक हो, जुन राजधानीको केन्द्रमा अवस्थित छ भने आधुनिक सुविधाहरूसहित उत्कृष्ट प्रकारका साधारण था विशेषज्ञ चिकिसकीय सेवाहरू उपलब्ध छन् ।

सन् २०१३ को डिसेम्बरदेखि सञ्चालन आरम्भ भएको चिरायु अस्पतालले भर्ना गर्नुपर्ने र भर्ना नभइ उपचार गर्नुपर्ने सवै किसिमका बिमारीहरूका लागि उच्च गुणस्तरीय र सस्तो स्वास्थ्य हेरचाह सेवा उपलब्ध गराउँदै आएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले ८२ शाखा, १ सय २४ एटीएम, १६ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५७ शाखारहित बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ । बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स–२०१८ द्वारा ‘नेपालको उत्कृष्ठ बैंक’ अवार्डबाट समेत सम्मानित भइसकेको छ।

एनआईबीएल बेलायतको फाइनान्सियल ग्रुपको बैंकिङसम्बन्धी म्यागजिन द बैंकरद्वारा पाँचपटकसम्म ‘बैंक अफ द इयर’ अवार्ड पाउने नेपालको एकमात्र बैंक हो । यसका साथै आइक्रा नेपाल (इन्टरनेसनल क्रेडिट रेटिङ एजेन्सी–नेपाल)ले बैंकलाई ए प्लसको क्रेडिट रेटिङ गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad