ad ad

राजनीति


सुन तस्करीमा मुछिएका चिनियाँसँग ‘कनेक्सन’ देखिएपछि दिपेश पुनसँग सीआईबीको सोधपुछ

सुन तस्करीमा मुछिएका चिनियाँसँग ‘कनेक्सन’ देखिएपछि दिपेश पुनसँग सीआईबीको सोधपुछ

नेपालखबर
भदौ १९, २०८० मंगलबार १४:३०, काठमाडौँ

साउन ३ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान जारी छ।

राजस्व अनुसन्धान विभागले १८ दिन छानबिन गरेपछि फाइल जिम्मा लिएको सीआईबीले अहिले विभिन्न व्यक्तिहरुसँग बयान र सोधपुछ गरिरहेको छ।

त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पोखरेलसँग पनि सीआईबीले सोधपुछ गरिरहेको छ। सुन बरामद हुँदा बिदामा भए पनि उनीसँग सीआईबीले सोधपुछ गरेको हो।

यो प्रकरणमा नेताहरु र भीआईपी पनि जोडिएको चर्चाबीच सीआईबीले शंकास्पद भूमिका देखिएकाहरुसँग सोधपुछलाई तीव्र बनाएको छ।

सुन तस्करीका मुछिएका चिनियाँ नागरिहरुसँग ‘कनेक्सन’ देखिएपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग पनि सीआईबीले सोधपुछ गरेको छ।

नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका पुनलाई सोमबार झिकाएर सोधपुछ गरिएको सीआबी स्रोतले जनाएको छ।

दिपेशको नाम यसअघि पटक पटक सुन तस्करीसँग मुछिएका व्यक्तिहरुसँग उठबस रहेको भन्दै समाचार पनि सार्वजनिक भएको थियो।

सीआईबीले भेपमा लुकाएर भएको नौ केजी सुन प्रकरण र ६० केजी सुन प्रकरणलाई लिएर शंकास्पदहरुलाई सोधपुछ जारी राखेको छ।

यो प्रकरणको अनुसन्धान फाइल सीआईबीले यही महिनाभित्र सरकारी वकिलकहाँ पठाउने गरी तयारी गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .