ad ad

कारोबार


टाटा मोटर्सको एक्सचेन्ज क्याम्प नेपालभर सुरु

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प नेपालभर सुरु

नेपालखबर
भदौ १, २०८० शुक्रबार १७:३४, काठमाडौँ

सिप्रदी तथा टाटा मोटर्सले चाडपर्वअघि नै चाडपर्व भन्दा धेरै फाइदाहरुका साथ विभिन्न आकर्षक उपहारहरु रहेको ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ एक्सचेन्ज क्याम्प ल्याएको छ।

यो एक्सचेन्ज क्याम्प आज भदौ १ गते देखि भदौ ५ गतेसम्म सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा शुरु हुँदैछ। शुक्रबारदेखि शुरु भएको एक्सचेन्ज क्याम्प शनिबार पनि विभिन्न मनोरन्जनात्मक कार्यक्रमका साथ सञ्चालन हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अहिले नेपाली बजारमा ईभी गाडीहरु प्रति ग्राहकहरुको चासो बढिरहेको छ। जसमा टाटा मोटर्सका नयाँ ईभी गाडीप्रतिको रुचि निकै बढ्नुका साथै बिक्री पनि त्यहि क्रममा बढिरहेको देखिन्छ। प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्युनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा इन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरु टाटा मोटर्सका विद्युतीय गाडीसँग साट्ने क्रम बढ्दो छ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधन लाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुम बाट व्यवस्था गरिएको छ। ग्राहकहरूलाई विभिन्न रिकन्डिसनहरू जानुको झन्झट आवश्यकता पनि पर्दैन।

अब सजिलै एकै ठाउँमा सिप्रदी अस्योर्ड मार्फत उचित मूल्याङ्कन, शोरूममा बीमाको पनि सुविधा भएको हुनाले यसले ग्राहकहरुलाई थप सहजता प्रदान गर्नेछ। चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफर हरु पनि पाइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार गाडी मूल्यांकन गर्न आउने ग्राहकले तुरुन्तै उपहार पाउनुका साथै हरेक दिन लक्की ड्र मार्फत ५ जना भाग्यशाली ग्राहकहरुले स्मार्टवाच पनि जित्न सक्नेछन्।

साथै कार्यक्रमका अन्य प्रमुख आकर्षणहरु यस प्रकारका छन्।
जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाईएका नेक्सन ईभीसँग साट्न सकिने व्यवस्था।
एकै ठाउँबाट गाडीको मूल्यांकन।
न्युनतम चार लाखको गाडी मूल्यांकन।
एक्सचेन्ज बोनस।
एकै ठाउँमा इन्स्योरेन्सको सुविधा।
८० प्रतिशतसम्म नयाँ गाडी फाइनान्सिङको सुविधा।
नयाँ गाडीको बूकिङ तथा मूल्यांकनसँगै आकर्षक उपहार।
निशुल्क गाडीको थप एक्सेसोरिज।
गाडी सम्बन्धी दक्ष प्राविधिकद्वारा परामर्श तथा सल्लाह सुझाव।

यस योजनामा सहभागी भई गाडी खरिद गर्ने ग्राहकहरुले सपरिवार सहित पाँच तारे होटलमा डिनर गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

शुक्रबारदेखि शुरु गरिएको विशेष एक्सचेन्ज क्याम्पमा सबै ग्राहकहरुमा (लिंकमा) रजिस्टर गर्न अथवा नजिकैको टाटा मोटर्स शोरुम आई आफ्ना गाडीलाई टाटा मोटर्स का सर्वाधिक रुचाइएको विद्युतीय गाडीहरुसँग साटेर फाइदा उठाउन हुन आमन्त्रण गरिएको छ।

थप जानकारी वा आफ्नो नजिकैको टाटा मोटर्सको शोरुम पत्ता लगाउन सिप्रदीको टोल फ्री नम्बर मा निशुल्क रुपमा सम्पर्क गर्न सकिनेछ वा फोनबाट नी सम्पर्क गरी बुझ्न निशुल्क रुपमा ९८०१५७५७७७ अथवा १६६००१५५७७७ मा सम्पर्क गर्न सकिन्छ।

यो कार्यक्रम सिमित अवधिका लागि टाटा मोटर्सका शोरुमहरुमा मात्र लागू गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .