ad ad

राजनीति


वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीति बनाउन सरकारलाई निर्देशन

वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीति बनाउन सरकारलाई निर्देशन

नेपालखबर
भदौ १, २०८० शुक्रबार १७:४१, काठमाडौँ

राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिले वन पैदावारको व्यवस्थित उपयोगमा प्रभावकारी नीति बनाउन सरकारलाई निर्देशन दिएको छ।

समितिको शुक्रबार बसेको बैठकले वन पैदावारको व्यवस्थित उपयोगका लागि भएका कानुनहरुलाई समसायिक बनाउन निर्देशन दिएको हो।

समिति सभापती प्रकाश पन्थले जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीतिहरु बनाउन र कानूनहरू समसामयिक बनाउनुपर्ने सुझाव दिएको बताए। 

‘जलवायु परीवर्तन यसले पुर्‍याएको असर र प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गर्नुपर्ने देखियो। संघ, प्रदेश र स्थानीय तहको सरकारलार्ई अझै बलियो र प्रभावकारिता बनाउनुपर्ने छलफलको निस्कर्ष रह्यो,’ उनले भने, ‘वन संरक्षणमा भएको प्रगतिसँगै यसको सदुपयोग गर्ने कुरा कार्बन व्यापारबाट प्राप्त हुने सहयोगहरु सम्बन्धित क्षेत्रमा नै खर्च गर्र्नुपर्ने देखिन्छ। नेपालका मुद्दालाई विश्वसामु बलियो रुपमा उठाउनुुपर्ने देखिन्छ।’

उनले जलवायु परिवर्तन र यसले पुर्‍याएको असर तथा प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गर्न पनि सरकारलाई सुझाव दिए।

‘जैवीक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगमा प्रभावकारी नीतिहरू बनाउने र कानुनहरु समसामयिक बनाउनुपर्ने सुझाव दिएको छ। अन्तरमन्त्रालय समन्वयको अभाव देखिएको छ,’ उनले भने।

सभापति पन्थले विश्व जलवायु सम्मेलनमा नेपालले  प्रभावकारी तवरबाट सहभागी हुनेगरी मुद्दाहरु विश्वसामु उठाउन र आपसी सहयोग गरी तयारी गर्न वन मन्त्रालयलाई निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .