सुनको मूल्य गत वर्ष माघ ६ गते ५८ हजार प्रतितोला रहेकोमा अहिले मूल्य ७५ हजार पुगेको छ। दुई साताअघि ७६ हजार रुपैयाँसम्म पुगेको मूल्य १ हजार घटेर ७५ हजारमा थामिएको हो।
आजको भाउअनुसार छापावाल सुन प्रतितोला ७५ हजार, तेजाबी सुन प्रतितोला ७४ हजार ७०० र चाँदी प्रतितोला ८ सय ९० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
एक महिनाअघि अर्थात् पुस ६ गते सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ रहेको थियो। एक महिनामा प्रतितोला ४ हजार रुपैयाँले वृद्धि भएको महासंघले जानकारी दिएको छ। हिजो अर्थात् ५ गते पनि ७५ हजारमा नै कारोबार भएको थियो।
पछिल्लाे सात दिनमा सुनकाे भाउ : 

प्रतिक्रिया