कला


पोखरामा गुञ्जिए सञ्जीव र टीका

पोखरामा गुञ्जिए सञ्जीव र टीका

नेपालखबर
माघ ६, २०७६ सोमबार ७:१३,

पोखरा गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईँको युगल साँझ पोखरामा सम्पन्न भएको छ।

अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले उनीहरुलाई पोखरामा मञ्च प्रदान गरेका हुन्। ‘रातो र चन्द्र सूर्य’ बोलको गीतबाट गायन यात्रा शुरु गरेका सञ्जीव र टीकाले आफ चर्चित गीतहरू ‘नाई मलाई थाहा छैन’, ‘माया लुकी लुकी’, ‘किन कर्के नजर’, ‘हिट हिट गीत’लगायत दर्जन गीत गाएर पोखरेलीलाई मनोरञ्जन दिलाए ।

विराटनगर स्थायी घर भई हाल अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका सञ्जीव र झापा स्थायी घर भई हाल काठमाडौं बस्दै आएकी टीका नेपाली संगीत क्षेत्रमा सांगीतिक जोडीका रुपमा परिचित छन्। यो जोडीले युगल साँझमै ‘सँग सँगै’ को भाग १ र २ एल्बम पनि सार्वजनिक गरे। सञ्जीवका यसअघि ‘त्यो सपना’ र ‘सुनय’ गरी ४ र टीकाका ‘मेलोडी’सँगै ३ एल्बम बजारमा आइसकेका छन्।

उनीहरुले संयुक्त रुपमै कान्तिपुर म्युजिक अवार्ड, हिट्स एफएम म्युजिक अवार्ड, कालिका म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, सूर्य इन्टरनेशनल म्युजिक अवार्ड गरी पाँच अवार्ड पाइसकेका छन्। गायिका टीकाले ‘नातिकाजी युवा संगीत सम्मान’ र ‘इमेज अवार्ड’ पनि पाएकी छिन् भने सञ्जीव पनि ‘अनुपम संगीत सम्मान’लगायतका सम्मानबाट सम्मानित भइसकेका छन्। सञ्जीव र टीकालाई पोखरामा उभ्याउने चाँजोपाँजो गीतकार होमनाथ न्यौपानेले मिलाएका थिए।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले नेपाली कला, साहित्य र संगीतका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिँदै उनले युवा पुस्ताका सचेत गायक र गायिकाका रुपमा आफूले सञ्जीव र टीकालाई चिनेको बताए। अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपमले एकल रुपमा र विभिन्न संस्थासँग मिलेर सांगीतिक कार्यक्रमहरु गर्दै आएको बताए। उनले आगामी जेठमा हुने सातौं अनुपम सांगीतिक साँझ नयाँ ढंगबाट अघि बढाउने जानकारी दिए। कार्यक्रमका अध्यक्ष लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष भरतराज सिग्देलले आफ्नो कार्यकालमा क्लबले समाजसेवाका अलावा संगीतका माध्यमबाट सामाजिक कार्य गर्ने बताए।

कार्यक्रममा मुख्य प्रायोजक बाबा एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राजेन्द्रकुमार शर्मालाई सम्मान गरिएको थियो। कार्यक्रममै ‘किन कर्के नजर’बोलको गीतको कभर डान्स प्रतियोगितामा उत्कृष्ट नागी डान्स सेन्टर, इटहरीका कलाकारहरुलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad