नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको बैठकले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा जानकारी लिएको छ।
सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग छलफल गरेका हुन।
राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले दलभित्र एमसीसीका विषयमा एउटै मत बनोस् भन्ने उद्देश्यले छलफल गरिएको जानकारी दिए। बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘राष्ट्रिय सभाको यो दलको बैठक हो। यसमा हामीले एमसीसीको बारेमा परराष्ट्र मन्त्रीसँग स्पस्ट हुन चाहेका थियौं उहाँले स्पस्ट पार्नुभयो।’ उनले सांसदलरुले आफूलाई लागेका प्रश्नहरु सोधेको र मन्त्री ज्ञवालीले त्यसको जवाफ दिएको जानकारी दिए।
सरकारले गरेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायतासम्बन्धी सम्झौता पछिल्लो समय विवादित बनेको छ। खासगरी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिभित्र एमसीसी रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै विवाद बढेको छ।
पार्टीभित्र एमसीसीका विषयमा बढिरहेको विवाद समाधान गर्न र एमसीसीका विषयमा स्पष्ट हुन भन्दै नेकपाको राष्ट्रिय सभा संसदीय दलले परराष्ट्र मन्त्री ज्ञवालीसँग छलफल गरेको हो।

प्रतिक्रिया