गोकर्ण फोरेस्ट रिसोर्टले ६ महिनामा २० करोड रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको साउनदेखी पुससम्म २० करोड २० लाख बढी आम्दानी गरेको हो।
कोभिड माहामारीअघि गोकर्ण रिसोर्टको आम्दानी ४२ रहेकोमा ०७७/०७८ मा १२ करोड रुपैयाँमा सीमित थियो। कम्पनी ३० प्रतिशतले घाटामा रहेको थियो। ०७८/०७९ मा ३३ करोड रुपैयाँ आम्दानी गर्दै नाफामा जान थालेको हो।
पाँचतारे डिलक्स रिसोर्टको रुपमा रहेको गोकर्ण नाफा कोभिडअघिकै अवस्थामा पुगेको छ। गत अर्थिक वर्षको ६ महिनामा रिसोर्टको अकुपेन्सी ५० प्रतिशत रहेको थियो।
सन् १९९५ मा स्थापना भएको रिसोर्टमा १०० वटा कोठा रहेका छन्। ४७० एकर जमिनमा रिसोर्ट फैलिएको छ। गोकर्णमा गल्फ, घोडा दौड, जंगल सफारी लगायतका सेवा रहेका छन्। यति ग्रुपको लगानीमा रिसोर्ट सञ्चालन भइरहेको छ।
यति ग्रुपले अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको कन्फरेन्स सेन्टर निर्मार्ण गर्दैछ। २०२४ को अप्रिलसम्मका काम सक्ने लक्ष्य राखेको छ।
Shares

प्रतिक्रिया