आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्ममा सिद्धार्थ बैंकले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। त्यसैगरी बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेर ८ अर्ब १७ करोड रहेको छ।
बैंकको खुद फि तथा कमिशन आम्दानी १२.०३ प्रतिशत बढेर १ अर्ब ३७ करोड पुगेको छ।
बैंकको वितरण योग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ।
बैंकको प्रतिशेयर आम्दानी ५३ पैसा घटेर २२ रुपैयाँ ६४ पैसामा सीमित भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा रहेको छ।
१४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा बैंकको निक्षेप १६.७६ प्रतिशत बढेर २२३ अर्ब रुपैयाँ र कर्जा लगानी ३.०६ प्रतिशत बढेर १८४ अर्ब रुपैयाँ पुगेको छ।
Shares
प्रतिक्रिया