ad ad

कारोबार


चालू आवमा बैंकहरुको निक्षेप र कर्जाको वृद्धिदर घट्यो

चालू आवमा बैंकहरुको निक्षेप र कर्जाको वृद्धिदर घट्यो

नेपालखबर
माघ ५, २०७६ आइतबार १२:४९,

चालू आर्थिक वर्षकाे ५ महिनामा बैंकहरूकाे निक्षेप र कर्जा दुवैको वृद्धिदरमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्जाको वृद्धिदर ६ प्रतिशत र निक्षेपको वृद्धिदरमा २ प्रतिशत कमी आएको हो।

आज चालू आर्थिक वर्षको ५ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै निक्षेप र कर्जा वृद्धिदरमा कमी आए पनि बढेको भने देखाएको छ। मंसिर मसान्तसम्मको तथ्याङ्कलाई आधार मानेर राष्ट्र बैंकले गरेको विश्लेषणअनुसार कुल आन्तरिक कर्जा ३.३ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.४ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा यस्तो कर्जा १४.७ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ११.४ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १४.८ प्रतिशतले बढेको छ।

निक्षेप परिचालन समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ४.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १५.६ प्रतिशतले बढेको छ।

२०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.१ प्रतिशत, ३२.० प्रतिशत र ४९.१ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः प्रतिशत, ३३.४ प्रतिशत र ४७.५ प्रतिशत रहेको थियो। मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.४ प्रतिशत रहेको छ। २०७५ मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ४५.१ प्रतिशत रहेको थियो।

कर्जा प्रवाह समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.२ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५ प्रतिशतले बढेको छ । मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.६ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ। २०७५ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.३ प्रतिशत र १४.६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ८.० प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ११.१ प्रतिशत, ओभरड्राफ्ट कर्जा २.१ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ४.९ प्रतिशत, डिमान्ड तथा चालु पँुजी कर्जा ७.८ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ६.८ प्रतिशत र हायर पर्चेज कर्जा १.३ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .