कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. ५ मा दुईवटा नयाँ शाखा खोलेको छ। बैंकले नवलपरासीको बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देही, तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा आइतबार एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरेको हो।
योसँगै अब बैंकको शाखा संख्या ११६ पुगेका छन्। बर्दघाट शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका हुन्।
यसैगरी मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रूपमा गरेका थिए।
काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखासहित ११६ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ।
प्रतिक्रिया