संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले देवदह, तिलौराकोट, रामग्रामलाई जोडेर बृहत् लुम्बिनी बनाउने बताएका छन्।
पर्यटन मन्त्रालयमा सरोकारवाला पक्षसँग छलफल गर्दै लुम्बिनीलाई बृहत् बनाउने योजना भइरहेको बताएका हुन्। मन्त्री भट्टराईले बुद्धसँग सम्बन्धित क्षेत्रलाई गोलाकारमा जोडेर सर्किट बनाउने बताए।
‘देवदह, तिरौलाकोट, रामग्राम, सैनामैना, मायादेवीलाई जोडेर बृहत् लुम्बिनी बनाउँछौं, त्यसको लागि स्थानीय जनतासँग छलफल गरी निष्कर्ष निकाल्छौं’, उनले भने, ‘अहिले बाह्य लगानी पनि लुम्बिनी क्षेत्र केन्द्रित भएकाले यो क्षेत्रमा ताल, तलैया, सिमसार क्षेत्रलाई पनि बृहत् लुम्बिनीमा जोड्नुपर्छ।’
उनले लुम्बिनीलाई शान्ति क्षेत्रको रुपमा विकास गर्ने बताए। छलफल कार्यक्रममा सरोकारवालाहरुले लुम्बिनीलाई विश्व शान्ति क्षेत्र घोषण गर्नुपर्ने बताएका छन्। स्थानीय जनतालाई फाइदा हुने गरी योजना बनाउनुपर्ने भन्दै वातावरणीय, प्राकृतिक स्रोत, वन्यजन्तुहरुको व्यवस्थापना गर्नुपर्ने उनीहरुको भनाइ छ।
Shares
प्रतिक्रिया