ad ad

प्रविधि


फेसबुकले चिनियाँ राष्ट्रपतिको नामको आपत्तिजनक अनुवादमा माग्यो माफी

फेसबुकले चिनियाँ राष्ट्रपतिको नामको आपत्तिजनक अनुवादमा माग्यो माफी

नेपालखबर
माघ ५, २०७६ आइतबार १०:५१,

फेसबुकले प्राविधिक समस्याका कारण त्यस्तो हुन गएको स्पष्टीकरण दिँदै माफी मागेको छ।

सी शनिबार म्यानमार भ्रमणका लागि गएका थिए।

सो क्रममा म्यानमार स्टेट काउन्सलरको फेसबुक पेजबाट म्यानमारकी नेत्री आङ साङ सूची र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ताबारे फोटो पोस्ट गर्दै दुवै नेताबीच छलफल भएको जानकारी दिइएको थियो।

क्याप्सन बर्मेली भाषामा लेखिएको थियो। सो क्रममा सी चिनफिङको नाम अनुवाद हुँदा ‘मिस्टर सिटहोल’ हुनपुग्यो।

A Burmese to English translation, which Facebook states was a technical error

सिटको अर्थ ‘फोहोर’ हुन्छ। उक्त पोस्ट केहीबेरमै भाइरल बनेपछि फेसबुकको आलोचना भएको थियो।

फेसबुकका प्रवक्ता एन्डी स्टोनले माफी माग्दै भनेका छन्,‘हामीले हाम्रो प्राविधिक समस्यालाई समाधान गरेका छौं। अबदेखि त्यस्तो समस्या निम्तिने छैन।’

फेसबुकले अनुवाद गर्दा शब्दलाई ठ्याक्कै गर्ने हुँदा यस्तो समस्या आएको पनि बताएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .