ad ad

गण्डकी


पोखरा उद्योग वाणिज्य संघको हङकङ प्रतिनिधिमा अरुणा

पोखरा उद्योग वाणिज्य संघको हङकङ प्रतिनिधिमा अरुणा

नेपालखबर
साउन ४, २०८० बिहिबार २१:१४, काठमाडौँ

पोखरा उद्योग वाणिज्य संघले अरुणा गुरुङलाई आफ्नो मानार्थ हङकङ प्रतिनिधि नियुक्त गरेको छ। अध्यक्ष पवनकुमार प्रजापतिले संघको निर्णय अनुसार एनआरएन हङकङकी सल्लाहकारसमेत रहेकी गुरुङलाई प्रतिनिधिको जिम्मेवारी प्रदान गरेका हुन्। 

अध्यक्ष प्रजापतिका अनुसार अब अरुणाले नेपाल च्याम्बर अफ कमर्स हङकङ तथा अन्य च्याम्बरले आयोजना गर्ने कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्नेछन्।

भगिनी सम्बन्ध कायम रहेको नेपाल च्याम्बर अफ कमर्ससँग सहकार्य गर्न अरुणाले विशेष भूमिका निर्वाह गर्ने अध्यक्ष प्रजापतिले जनाए।

यसअघि अध्यक्ष प्रजापतिसहितको प्रतिनिधिमण्डलले नेपाल च्याम्बर अफ कमर्सं हङकङको १५ औं वार्षिकोत्सवमा विशेष अतिथिको रुपमा सहभागिता जनाएका थिए।

सो अवसरमा आपसी सहयोग आदान प्रदानसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .