ad ad

कारोबार


एभरेष्ट बैंकद्वारा सिन्धुलीको सरस्वती माविलाई डेढ लाख सहयोग

एभरेष्ट बैंकद्वारा सिन्धुलीको सरस्वती माविलाई डेढ लाख सहयोग

नेपालखबर
असार २९, २०८० शुक्रबार १७:५, काठमाडौँ

एभरेष्ट बैंक लिमिटेडले सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ४ मा अवस्थित श्री सरस्वती माध्यामिक विद्यालय डकाहालाई आर्थिक सहयोग गरेको छ।

बैंकले सो विद्यालयको खानेपानी व्यवस्थापनार्थ १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

एक विशेष समारोहकाबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले विद्यालयका सहायक–प्रधानाध्यापक विष्णप्रसाद सापकोटालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे।

यस सहयोगबाट उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र शिक्षादिक्षामा थप सहज हुने विश्वास बैंकले लिएको छ।

साथै विद्यालयका सहायक–प्रधानाध्यापक सापकोटाले बैंकको यस सहयोगले विद्यालयको खानेपानीको समस्या तथा समग्र विकासमा उल्लेखनिय भुमिका खेल्ने र आगामी दिनमा समेत यस्तै किसिमको सहयोग अपेक्षा रहेको बताए।

कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र सामाजिक अभियन्ता जानुका श्रेष्ठको उपस्थिति रहेको थियो।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ।

बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन्। साथै देशैभरि छरिएर रहेको आफ्नो १२६ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६१ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .