कारोबार


बन्दीपुरमा ‘फुड फेष्ट’ हुँदै, विशेष छुटको व्यवस्था

बन्दीपुरमा ‘फुड फेष्ट’ हुँदै, विशेष छुटको व्यवस्था

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ८:१७,

रेष्टुरेनट एण्ड बार एसोसिएसन नेपाल (रेबान)ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्याउने उद्देश्यले ‘रेबान–बन्दीपुर फेष्ट २०२०’को आयोजना गर्ने भएको छ। आज एक कार्यक्रम गरी रेबानले पर्यटकीय स्थल बन्दीपुरमा उक्र महोत्सव यही माघ १७ र १८ गते गर्न लागेको जानकारी दिएको हो।

रेबान फेखरा रेवान सौराहा तथा केन्द्रीय रेवानले पनि रेष्टुरेन्ट व्यवसायको अभिवृद्धि गरी खाना प्रवद्र्धनको विविध कार्यक्रमहरु आयोजना गरिरहेको रेबानले जानकारी गराएको छ।

पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवर्द्धन पनि हुने र काठमाडौं, पोखरा, सौराहाका रेष्टुरेन्ट व्यवसायीहरु र बन्दीपुरका पर्यटक व्यवसायीहरुबीच सद्भाव बढाउने उद्देश्यले पनि बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहितको खाना महोत्सव आयोजना गर्न लागेको रेवानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए।

उनका अनुसार यस कार्यक्रमको मुख्य प्रायोजक गोर्खा बु्रअरी, प्रायोजकहरुमा जावलाखेल ग्रुप आफ कम्पनी, नेपाल डिस्टिलरी रहेको छ।

खाना तथा बस्नको लागि यो महोत्सवमा छुटको व्यवस्था समेत हुने रेबानले जानकारी गराएको छ। नेपाल आइडलमा गत वर्षका फाइनलिष्ट तथा चर्चित गायक निशाल भट्टराई लगायत अन्य कालाकारको विशेष प्रस्तुति समेत हुने आयोजकले जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad