एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले बुटवलको तिलोत्तमा २ जानकीनगरमा रहेको क्षेत्रीय कार्यालय हाताभित्र जोन डियरको नयाँ शोरुम उद्घाटन गरेको छ। कम्पनीले गत पुस २९ गते विशेष समारोहका बीच शोरुम खोलेको हो। शोरुमको ग्रुपका मार्केटिङ्ग हेड नन्द किशोर भट्ट र सर्भिस हेड अजीत कुमार मिश्राले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
उद्घाटनकै दिन २१ थान जोन डियर ट्याक्टर उक्त शाखाबाट बिक्री वितरण गरिएको पनि कम्पनीले जनाएको छ। सो अवसरमा ग्राहकहरुलाई ३२ इन्च टिभी उपहारस्वरुप प्रदान गरिएको थियो। आगामी दिनमा जोन डियर ट्याक्टरको बिक्री नेपालमा पहिलो स्थान आउने र साथै सर्भिस, स्पेयर पार्टस, सेल्स, जुनसुकै समयमा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ।

नेपालको कृषि क्षेत्रमा रहेको उत्पादनको सम्भावनालाई मैत्रीरुप दिन यो ट्याक्टरले नै सम्भव रहेको कम्पनीका क्षेत्रीय म्यानेजर लिलाराज वाग्लेले बताए। त्यसैगरी समारोहमा मार्केटिङ्ग हेड नन्द किशोर भट्टले ट्याक्टर तथा कृषिको दुनियामा क्रातिकारी परिवर्तन ल्याउन सक्ने ट्याक्टर, जोन डियर रहेको पनि बताए।
यस ट्याक्टरमा भाल्भ थ्रिप्लस टेक्नोलोजी भएकाले अन्य ट्याक्टरको तुलनामा कम डिजल खपत गरी बढी उत्पादन दिने कम्पनीले जनाएको छ। आकर्षक रंग र डिजाइनले गर्दा यो ट्याक्टर अन्यभन्दा फरक देखिन्छ। नेपालमा यसको बिक्रीवितरण विवेक अटोमोबाइल्स प्रालिले गरिरहेको छ।

प्रतिक्रिया