कारोबार


सुनचाँदी विलासिताको वस्तु भएकाले कर वृद्धि गरिएको हो : सचिव मरासिनी

सुनचाँदी विलासिताको वस्तु भएकाले कर वृद्धि गरिएको हो : सचिव मरासिनी

नेपालखबर
असार १९, २०८० मंगलबार १७:५१, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालका सचिव मधुकुमार मरासिनीले सरकारले सुनचाँदी विलासिताको वस्तु भएकाले करमा वृद्धि गरिएको दाबी गरेका छन्।

मंगलवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै सचिव मरासिनीले यस्तो बताएका हुन्। उनले सुनचाँदीका वस्तुहरु विलासिताको वस्तु भनेर सरकारले कर वृद्धि गरेको बताए।

उनले व्यवसायीहरुले विलासिताको वस्तु होइन भनेपनि धेरै लगानी गर्नुपर्ने भएकाले २ प्रतिशत थप विलासिताको कर समेत लगाएको बताए।

उनले भने,‘ सुनचाँदीमा कोटा सिस्टम गत वर्ष मुलुकमा विदेशी मुद्रा सञ्चिति कम भएर श्रीलंका हुन्छ की भन्ने डरले गरेका थियौं। मुद्रा सञ्चिति राम्रो भयो र हामीले विस्यौं। सरकारले विदेशी मुद्राको सञ्चिति कसरी बढाउने भन्दा सुनलाई पनि छनोट गरौं। अहिले पनि सुन विलासिताको वस्तु हो वा आवश्यकताको वस्तु होइन। मलाई लाग्छ सुनचाँदी विलासिताको वस्तु नै हो।’

सचिव मरासिनीले गत वर्ष मुलुकको विदेशी मुद्रा सञ्चितिमा परेको प्रभावको कारण सुनचाँदी आयातमा कोटा प्राणाली लगाएको बताए। उनले १० लाखको सुन किनेर २० लाख बनाउनु भन्दा १० लाख अन्य ठाउँमा लगानी गर्दा केहीले रोजगारी समेत सिर्जना हुने बताए।

उनले भने, ‘१० लाखको सुन किनेर २० लाख बनाउनु भन्दा १० लाख अन्य ठाउँमा लगानी गर्दा केहीले रोजगारी पनि पाउने थिए। सरकारले हेर्दा सुनचाँदी वस्तु धेरै आयात भएको देखियो। भारतको भन्दा हाम्रोमा करको दर कम थियो। त्यो कुरालाई सोच्दै यताको सुन सस्तो बनाएको र अर्को कोटा सिस्टम लगाएको हो। सुनचाँदीको गहन सिटामोल आएजस्तो होइन। आएपनि हुन्छ लगाए पनि हुन्छ। यसलाई सरकारले नियन्त्रण गर्न खाजेकै हो।’

उनले सरकारले हेर्दा सुनचाँदी वस्तु धेरै आयात हुने वस्तुमा परेकाले गत वर्ष सुन आयातमा कोटा सिस्टम लागू भएको बताए।

सचिव मरासिनीले सुनचाँदी कुनै सिटामोल खाए जस्तो नभएको बताए। उनले सिटमोल जस्तो खानै र लगाउनै पर्छ भन्ने सुनचाँदीमा नभएको बताए। उनले सरकारले सुनँचादी आयातलाई नियन्त्रण गर्न खाजेको दाबी गरे।

उनले बजेटले व्यवस्था गरेको थप कर खारेजको विषयमा मन्त्रालयले छलफल चलाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad