निर्जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँको व्यवसाय गरेका छन्।
सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले जेठ मसान्तसम्ममा ३६ अर्ब १९ करोडको व्यवसाय गरेका हुन्।
जेठ एक महिनामा मात्रै निर्जीवन बीमा कम्पनीले ३ अर्ब ५० करोडको व्यवसाय गरेका छन्।
गत वर्षको जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ९६ करोड रुपैयाँ आर्जन गरेका थिए। गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीको व्यवसाय बढेको छ।
जेठ महिनामा मात्रै सर्वाधिक धेरै बीमा शुल्क आर्जन हिमालयन एभरेष्टको छ। कम्पनीले ५७ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
दोस्रो नम्बरमा सिद्धार्थ प्रिमियरको छ। कम्पनीले ३६ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ।
त्यस्तै, तेस्रो नम्बरमा सगरमाथा लुम्बिनीले ३५ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ। जेठ महिनाको मात्रै व्यवसाय हेर्ने हो भने मर्जरमा गएका कम्पनीहरुको धेरै छ।
चौथो नम्बरमा रहेको शिखरले ३३ करोड ३८ लाख रुपैयाँ आर्जन गर्दा पाँचौ नम्बरमा आइएमई प्रुडेन्सियलले ३१ करोड ७२ लाख रुपैयाँ संकलन गरेको छ।
कुन कम्पनीको बीमा शुल्क आर्जन कति?
आर्थिक वर्ष २०७९/०८० को जेठ मसान्तसम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँको व्यवसाय गरेको छ।
त्यसैगरी दि ओरण्टलले १ अर्ब २४ करोड, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २६ करोड, नेसनल इन्स्योरेन्सले ९० करोड, नेको इन्स्योरेन्सले २ अर्ब ६६ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ४० करोड, शिखर इन्स्योरेन्सले ४ अर्ब ७६ करोड, एनएलजी इन्स्योरेन्स २ अर्ब १४ करोड, हिमालयन एभरेष्टले ३ अर्ब ६ करोड, सानिमा जीआईसीले २ अर्ब ४ करोड, सिद्धार्थले ४ अर्ब १ करोड, सगरमाथाले ४ अर्ब ८ करोड, आईजीआई प्रुडेन्सियलले ३ अर्ब १ करोड र युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब १४ करोडको व्यवसाय गरेको छ।
Shares
प्रतिक्रिया