ad ad

कारोबार


शनिबारको घटनाले आज श्री एयरलाइन्सका सबै उडान स्थगन

शनिबारको घटनाले आज श्री एयरलाइन्सका सबै उडान स्थगन

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार ९:२, काठमाडौँ

आज (आइतबार) का लागि निर्धारित श्री एयरलाइन्सका सबै उडान स्थगन गरिएका छन्। 

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जारी गरेको प्रेस नोटअनुसार आइतबारका सबै उडान स्थगन गरिएको हो। 

शनिबार (हिजो) दिउँसो साढे ३ बजे काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं नै फर्काइएको थियो। 

सो घटनापछि एयरलाइन्सले आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्न आज एक दिनका लागि सबै उडान रोकेको हो। 

भोलि (सोमबार) देखि भने सबै उडान नियमित हुने एयरलाइन्सले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .