कारोबार


ग्लोबल आईएमई बैंकका चार सय कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिमसम्बन्धी तालिम

ग्लोबल आईएमई बैंकका चार सय कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिमसम्बन्धी तालिम

नेपालखबर
असार ११, २०८० सोमबार १३:३५, काठमाडौँ

अन्तर्राष्ट्रिय वित्त निगमले ग्लोबल आईएमई बैंक लिमिटेड, कर्जा विभागमा कार्यरत करिव ४०० जना कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम प्रदान गरेको छ।

तालिम ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमको सहकार्यमा सम्पन्न भएको बैंकले जनाएको छ।

उक्त कार्यक्रम विशेष गरेर आईएफसी परफरमेन्स स्टयान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो। तालिम कार्यक्रमलाई ‘आईएफसी’का वातावरण तथा सामाजिक जोखिम विज्ञहरुले सञ्चालन गरेका थिए।

अन्तर्राष्ट्रिय रुपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत शुसासन लगायतका विषयहरुबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्घि भई समग्र बैंकिङ्ग क्षेत्र लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

         

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad