कारोबार


क्लोजअपको ‘नजिक आउ’ क्याम्पेनमा निमाले जितिन् एक लाख

क्लोजअपको ‘नजिक आउ’ क्याम्पेनमा निमाले जितिन् एक लाख

नेपालखबर
असार ४, २०८० सोमबार १३:१७, काठमाडौँ

क्लोजअप नेपालले फर्स्ट मुभ ‘ह्यास नजिकआउ’ डिजिटल क्याम्पेन सम्पन्न गरेको छ। युवाहरुमा आत्मविश्वासका साथ आफ्नो मनपर्ने व्यक्ति प्रति नजिक हुन प्रोत्साहन गर्न यस क्यामपेनको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।

दाँतको स्वास्थ्य सम्बन्धी सामग्री उत्पादन गर्ने ब्रान्ड, क्लोजअपले युवाहरुमा आत्मविश्वास र सामिप्यता बढाउने उद्देश्य लिँदै आएको छ। कम्पनीका अनुसार सहभागीहरूको सकारात्मक प्रतिक्रियाको साथ, यस अभियान २५०० प्रयोगकर्ताले टिकटक भिडियो बनाएका छन् जसले सोसियल मिडिया प्ल्याटफर्महरूमा सकारात्मक ऊर्जाको लहर सिर्जना गरेको छ।

प्रतिभाशाली सुशान्त केसीको रचना तथा गायन रहेको अभियानको थिम गीत, ‘नजिक आउ’ ले दर्शकहरुमा गहिरो प्रभाव परेको थियो। यस गीतले युट्युबमा २० लाख भ्युज र फेसबुक र इन्स्टाग्राममा कुल ७२ लाख भ्युज पाएको थियो। यस अभियानलाई ३७ जना सोसल मिडिया इन्फ्लुयेन्सरको उत्साहजनक सहभागिताले अझ प्रभावशाली बनाउन मद्दत गरेको थियो।

अभियानमा सहभागीहरुमध्ये निमा याङ्ग्चेन हयोल्मोले आफ्नो भिडिओ सबै भन्दा धेरै भ्युज (३७ लाख) पाएर बिजेता बन्न सफल भइन्। र, उपहार स्वरुप एक लाख रुपैयाँ जितिन्।

त्यसैगरी ट्विन्स ब्रोडर फ्युजनले ७ लाख ९३ हजार इन्गेजमेन्ट पाएर दोश्रो पुरस्कार स्वरुप रु. ५० हजार हासिल गरेका छन्।

साथै आफ्नो नवीन र रचनात्मक क्षमता प्रदर्शन गरेका जस्टिन बोगटी, किशोर क्यामरबाबा र श्रुतीले तेस्रो पुरस्कार स्वरुप आफ्ना प्रियजनसँग रोमान्टिक स्पा डेट एक्स्पेरियेंस हासिल गरेका छन्।

त्यसैगरी रवि लामा, शर्मिला मगर, मनजित, राकेश, र टोपेन्द्र शाहीलाई अभियानमा उनीहरूको सहभागिता र प्रयासको लागि सम्मान गरिएको थियो र प्रशंसाको प्रतीकको रूपमा क्लोजअपबाट आकर्षक गिफ्ट हयाम्पर प्राप्त गरेका छन्।

क्लोजअप फर्स्ट मूभ ‘ह्यास नजिकआउ’ अभियानलाई सफलता प्रदान गर्ने सबै सहभागीहरू, इन्फ्लुइन्सरहरू र समर्थकहरूप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad