ad ad

कारोबार


हुवावे र आईएफएनबीच डिजिटल नेपाल कन्क्लेभ-२०२३ सम्बन्धी सम्झौता

हुवावे र आईएफएनबीच डिजिटल नेपाल कन्क्लेभ-२०२३ सम्बन्धी सम्झौता

नेपालखबर
असार ३, २०८० आइतबार १२:३५, काठमाडौँ

हुवावे र आइसीटी फाउण्डेसन नेपाल (आईएफएन)बीच हुवावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ-२०२३ आयोजना गर्ने सम्बन्धमा सम्झौता भएको छ।

समझदारीपत्रमा हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत ह्वाङ जुन र आईएफएनका अध्यक्ष राजन लम्सालले हस्ताक्षर गरेका छन्। कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन दुवै पक्ष मिलेर काम गर्ने सहमति भएको छ।

असार ८ र ९ गते सोल्टी होटल काठमाडौंमा हुने कार्यक्रममा विभिन्न देशका विषय विज्ञहरूको सहभागिता रहनेछ। 'डिजिटली सक्षम, सबल नेपाल' नाराका साथ आयोजना हुने उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो। डिजिटल रूपान्तरणका लागि नेपालको क्षमताका साथै त्यससँग सम्बन्धित आवश्यक नीति र कार्यान्वयन पक्षमाथि कार्यक्रममा छलफल हुने आयोजकले बताएको छ।

नीति निर्माता, उद्योग विशेषज्ञ, विचारकका साथै इकोसिस्टम साझेदारहरूको सहभागिता रहने कार्यक्रममा राम्रो र डिजिटल रूपमा सक्षम नेपाल निर्माणका विषयमा छलफल हुनेछ।

डिजिटल नेपाल कन्क्लेभ २०२३ को प्रि-इभेन्ट अभियानको रूपमा, आइएफएनले नेपालका सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० पनि आयोजना गरेको छ। आइएफएनले अघिल्लो वर्षदेखि  डिजिटल नेपाल कन्क्लेभ आयोजना गर्न सुरु गरेको हो।

कन्क्लेभका साथ हुवावेले उद्यम, दूरसञ्चार र आईसीटी कम्पनीलाई फाइदा पुग्ने अत्यधुनिक प्रविधि र समाधानको स्टलमार्फत मोबाइल नेपाल कांग्रेस (एमएनसी) आयोजना गर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .