ad ad

समाज


बाढीले ताप्लेजुङसँगको यातायात सम्पर्क टुट्यो, दुई जिल्लामा ५० करोडको क्षति

बाढीले ताप्लेजुङसँगको यातायात सम्पर्क टुट्यो, दुई जिल्लामा ५० करोडको क्षति

बाढीले क्षतिग्रस्त बनाएको हेवाखोला पुल


नेपालखबर
असार ३, २०८० आइतबार १२:४०, काठमाडौँ

शनिबार रातिको बाढीपहिरोका कारण ताप्लेजुङ र पाँचथरमा मात्रै ५० करोडभन्दा बढीको क्षति भएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वका विषयमा बोल्ने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यसबारे जानकारी दिएका हुन्। 

‘ताप्लेजुङ र पाँचथरमा बाढीले ठूलो क्षति भएको छ। कतिपय पुल र बेलिब्रिज क्षति भएका छन्, बगेका छन्। मेची राजमार्ग र तमोर करिडोर पनि रोकिएको छ’, उनले भने, ‘गएराति भीषण बर्षाका कारण ठूलो बाढी पहिरो आएर राहत र सहयोगका लागि तीव्र रुपमा काम भएको छ। खोज उद्धार र राहतका काममा टोली लागिरहनु भएको छ।’

मेची राजमार्गमा पर्ने ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोला पुल पनि भत्किएको उनलले बताए। 

‘तमोर करिडोरको बेलिब्रिज पनि बगाएपछि ताप्लेजुङ पूरै यातायातबाट सम्पर्कविहीन भएको छ। विद्युत् लाइन पनि त्यहाँ टुटेको छ। हेवा खोलाको ५६ मिटर लामो पुल बगाउँदा यातायात रोकिएको छ’, उनले भने, ‘तमोरस्थित हेवा खोलाको ४५ मिटर लामो बेलिब्रिज भत्किएको छ। मेची राजमार्गको फाल्गुन्द गाउँपालिकाको पांग्रेभीरमा सडक अवरुद्ध भएको छ। फालेलु ३ मत्सेबुङको मोटरेबल पुल बगेको छ।’

उनले पाँचथरको फिदिम र याम्फुदिन जोड्ने पुल पनि बगाएको  बताए। ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै क्षति करिब ५० करोड छ। हेवा खोला पुल भत्किएको ठाउँमा बेलिब्रिज निर्माणको काम सुरु भइसकेको छ’, उनले भने, ‘१० दिनभित्रमा उक्त पुल बनाउने कुरा भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .