असारमा बैंकको ब्याजदर घटबढ नहुने भएको छ। वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघको मंगलबार बसेको बैठकले असारमा ब्याजदर घटबढ नगर्ने निर्णय गरेको हो।
चालू आर्थिक वर्षका अन्तिम महिना रहेको असारमा बैंकको ब्याजदर नचलाउने निर्णय संघले गरेको हो।
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति हरेर मात्रै नयाँ ब्याजदर सम्बन्धी निर्णय लिने गरि अहिले नचलाउने निर्णय भएको संघका एक सदस्यले जनाकारी गराए।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तयारी गरिरहेको छ। असाको अन्तिम अर्थात् साउनको पहिलो हप्ता सर्वजनिक गर्नेगरी मौद्रिक नीतिको तयारी गरिरहेको छ।
अहिले बैंकहरूको निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपमा ९ दशमलव ९९ प्रतिशत र बचतमा ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशतको ब्याजदर कायम छ।
संस्थागत मुद्दति निक्षेपमा ७ दशमलव ९९ प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ।
Shares

प्रतिक्रिया