कारोबार


नेपाली जहाजलाई युरोपका २८ देशमा लागेको प्रतिबन्ध यथावत

नेपाली जहाजलाई युरोपका २८ देशमा लागेको प्रतिबन्ध यथावत

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८० मंगलबार १२:३०, काठमाडौँ

युरोपियन युनियन (ईयु)ले नेपाली जहाजमाथि लागेको प्रतिबन्ध यथावत राखेको छ।

युरोपका २८ देशको राजनीतिक तथा आर्थिक संस्था ईयुले ती राष्ट्रको आकाशमा नेपाली जहाजलाई ८ वर्षयता प्रतिबन्ध लगाएको छ। अघिल्लो साता सार्वजनिक नयाँ प्रतिवेदनमा हरेक ६/६ महिनामा सार्वजनिक हुने ईयुको सेफ्टी लिस्ट (कालोसूची)मा नेपालको हवाई सेवालाई निरन्तरता दिइएको हो।

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको हवाई क्षेत्र सुरक्षित रहेको उल्लेख गरेको छ। तर पनि ईयुले 'सेफ्टी लिस्ट'बाट नेपाललाई नहटाएको हो।

ईयुले हवाई सेवा प्रदायक र नियामक गरी छुट्टै निकाय बनाउन आग्रह गर्दै आएको छ। सरकारले विधेयक बनाएर अघि बढाए पनि त्यो पास हुन सकेन।

आगामी आर्थिक वर्षको बजेटमा नेपाल उड्डयन प्राधिकरणलाई टुक्राउने उल्लेख गरिएको छ। 

अन्तराष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्ससंगै आन्तरिक उडान गर्ने सबै कम्पनीलाई सेफ्टी लिस्टमा राखेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad