कारोबार


एमजी जेडएस ईभीको बुकिङ खुल्ला, कति छ मूल्य?

एमजी जेडएस ईभीको बुकिङ खुल्ला, कति छ मूल्य?

नेपालखबर
जेठ २९, २०८० सोमबार १२:५३, काठमाडौँ

एमजी भेइकलको लागि नेपालको एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभी एमजी जेडएस इभी (डिलक्स) को प्रि–बुकिङ खुल्ला गरेको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा ५० किलो वाटदेखि १०० किलो वाटसम्मको विद्युतीय गाडीमा अत्यधिक कर बृद्धि भएतापनि एमजीको यस मोडलको गाडीको मूल्य जम्मा रु ५२लाख ९९ हजार मात्र तोकिएको छ। बजेट भाषण अगाडि यस गाडीको मूल्य रु ५२ लाख ४९ हजार रहेको थियो।

विश्वमा चर्चित एमजी ब्रान्डले आफ्ना विविध मोडलका गाडीहरुले गर्दा नेपाली बजारमा पनि आफूलाई एउटा अब्बल ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार विविध विद्युतीय मोडलका उपलब्ध गराएको एमजीले आफूलाई नेपालीहरुको सर्वाधिक रुचाइएको गाडी मध्यमा पर्न सफल भएको छ। कोभिडपश्चात विद्युतीय गाडीलाई आवश्यक कच्चा पदार्थको घट्दो मूल्य तथा विश्व बजारमा यस ब्रान्डको बढ्दो अत्यधिक बिक्रीका कारणले एमजीले विश्व बजारमा आफ्नो विद्युतीय गाडीको मूल्य घटाउन सफल भएको छ।

त्यसकारण विद्युतीय गाडीमा भएको कर वृद्धि कारण पनि जेडएस इभी (डिलक्स) मोडलको गाडीको मूल्यमा खासै फरक परेको छैन। प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकबाट अझै पनि पुरानो मूल्य रु ५२.४९ लाख तिर्नुपर्ने जनाएको छ।

नयाँ एमजि जेड एसइभी (डिलक्स) ९९ मोटर पीक पावरले सुसज्जित छ जसले २८० एनएम अधिकतम टर्क प्रदान गर्दछ र ५१किलोवाट ब्याट्री क्षमताले एकल चार्जमा ३२० किलोमिटर प्रति घण्टा (डब्लुएलटीपी) को दायरा दिन्छ, जुन ३० मिनेट भित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। ८ वर्ष ब्याट्री वारेन्टी रहेको छ।

सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, इएसपी, इएबी, एचडीसी, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ, डीएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डि साउन्ड सिस्टम, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा  इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ। एमजी जेड एसइभि (डिलक्स) भेरियन्ट ५ रंग विकल्पहरूमा उपलब्ध हुनेछ – डोभर ह्वाइट, कोस्मिक सिल्भर, डायमण्ड रेड, पेबल ब्ल्याक र कोमो ब्लू।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .