धादिङमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गजुरी गाउँपालिका ५ घाटबेशी निवासी १७ वर्षका सुशील श्रेष्ठ थोपलको मृत्यु भएको हो।
खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।
श्रेष्ठ आइतबार साँझ सिद्दलेक गाउँपालिका– १ बुङचुङस्थित थोपल खोलामा साथीहरुँग पौडी खेल्न गएका थिए।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङमा राखिएको प्रहरीले जनाएको छ।
39
Shares
प्रतिक्रिया