ad ad

कारोबार


नेपाल इन्भेष्टमेण्ट बैंकले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने

नेपाल इन्भेष्टमेण्ट बैंकले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने

नेपालखबर
पुस २८, २०७६ सोमबार ८:२६,

नेपाल इन्भेष्टमेण्ट बैंकको ३३औँ साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा बसेको साधारणसभाले सञ्चालक समितिले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ।

साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को संचित मुनाफाबाट सेयर पुँजीको १० दशमलव ५ प्रतिशत बोनस सेयर र ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ। बोनस पारित भएसँगै बैंकको चुक्तापुँजी १४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको वित्तीय विवरण अनुसार असार मसान्त सम्म कुल निक्षेप ८ दशमलव ४५ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब पुगेको छ भने कर्जा लगानी ५ दशमलव २३ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात २ दशमलव ७८ प्रतिशत रहेको छ । बैंकले ८२ वटा शाखा कार्यालय, १६ वटा एक्टेन्सन काउन्टर, १० वटा राजश्व संकलन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सुविधा र १२४ वटा एटिएम काउन्टर मार्फत बैंकिङ सेवा दिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .