ad ad

खेल


ए डिभिजन लिग : एनआरटीसँग नेपाल पुलिस स्तब्ध, च्यासल र एपीएफ भिड्दै

ए डिभिजन लिग : एनआरटीसँग नेपाल पुलिस स्तब्ध, च्यासल र एपीएफ भिड्दै

नेपालखबर
पुस २८, २०७६ सोमबार ८:१७,

दर्शन गुरुङको निर्णायक गोलमा न्युरोड टिम एनआरटीले काठमाडौंमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित दर्ता गरेको छ। छैठौं चरणको सोमबार भएको पहिलो एनआरटीले विभागीय नेपाल पुलिस क्लबलाई १–० ले पाखा लगाएको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा एनआरटीले अग्रता बनाएको थियो। खेलको ७६ औं मिनेटमा दर्शन गुरुङले आकर्षक गोल गरेका थिए। जितसँगै एनआरटीले ३ स्थान सुधार गरेको छ।

खेलको ८६औं मिनेटमा एनआरटीले गोलको राम्रो प्रयास गरेपनि पुलिसका गोलरक्षकले त्यसको बचाउ गरे। जितसँगै एनआरटी छैटौ स्थानमा उक्लेको छ भनो पुलिस एक स्थान तल झरेको छ। हारसँगै पुलिस र एनआरटीको बराबर ८ अंक भएको छ।

६ खेलमा एनआरटीले १ खेलमा हार भोग्दा २ मा बराबरी र ३ मा जित दर्ता गरेको थियो। पुलिसले ६ मध्ये २ खेलमा जित २ बराबरी खेलेको छ भने २ खेलमा हार व्यहोरेको थियो।

च्यासल र एपीएफ भिड्दै
आजै हुने दोस्रो खेलमा च्यासल युथ क्लव र सशस्त्र प्रहरीको एपीएफ क्लव भिड्दै छन्। रेलिगेसनको खतराबाट बच्न पनि एपीएफलाई आजको खेलमा स्पष्ट जितको आवश्यकता छ।

पाँचौ चरणका खेल सकिदासम्म च्यासलले १ मा जित निकालेको थियो भने २ खेलमा हार र २ मा बराबरी गरेको थियो। ५ खेल खेलेको च्यासल अंक तालिकाको पाँचौँ स्थानमा छ।

१ खेलमा मात्र जित निकालेको एपीएफ भने १ खेल बराबरी गर्दा ३ खेलमा पराजित हुँदै ४ अंकमा तेह्रौँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .